एनएमबि बैंकको नाफामा ४६ प्रतिशतले वृद्धि, ईपीएसमा पनि उल्लेखनीय सुधार

२०८२ साउन २७ गते

एनएमबि बैंकको नाफामा ४६ प्रतिशतले वृद्धि, ईपीएसमा पनि उल्लेखनीय सुधार

काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले बढी हो।

 

Advertisement:

Ad
Ad

नाफा उल्लेख्य रूपमा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ईपीएसमा पनि उल्लेखनीय सुधार आएको छ। २०८१ असार मसान्तसम्म १२ रुपैयाँ २२ पैसा रहेको ईपीएस २०८२ असारमा १७ रुपैयाँ ८७ पैसा पुगेको छ।

 

बैंकको चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँका आधारमा लाभांश क्षमता १०.४० प्रतिशत देखिएको छ। यसअनुसार, ३ अर्ब २८ करोड रुपैयाँमध्ये करिब २ अर्ब ३३ लाख रुपैयाँमात्र लाभांशका रूपमा वितरण गर्न सकिने अनुमान छ।


यो सँगै बैंकको निस्कृय कर्जामा भने थोरै वृद्धि देखिएको छ । २०८२ असार मसान्तसम्म एनएमबिको निष्क्रिय कर्जा बढेर ३.७२ प्रतिशत पुगेको छ भने खुद निष्क्रिय कर्जा १।३७ प्रतिशत रहेको छ। बेसरेट ८.४२ प्रतिशतबाट घटेर ६.२२ प्रतिशतमा पुगेको छ भने ब्याजदर स्प्रेड ३.९९ प्रतिशतबाट ३.८२ प्रतिशतमा झरेको छ।

 

समीक्षा अवधिमा बैंकले ८ अर्ब २ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब १८ करोड १७ लाख रुपैयाँ खुद फि एन्ड कमिसन आम्दानी गरेको छ।