एनआईसी एशिया बैंकका सिईओ रोशन कुमार न्यौपानेले दिए राजीनामा

२०८२ असोज ०२ गते

एनआईसी एशिया बैंकका सिईओ रोशन कुमार न्यौपानेले दिए राजीनामा

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रोशन कुमार न्यौपानेले पदबाट राजिनामा दिएका छन्। उनको राजिनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

पारिवारिक कारणले बैंकलाई पर्याप्त समय दिन नसक्ने भएपछि उनले राजिनामा दिएको जनाइएको छ। न्यौपानेले पनि पारिवारिक कारणका कारण पद छाड्नुपरेको र सञ्चालक समितिले त्यसलाई स्वीकृति दिएको पुष्टि गरेका छन्।

Advertisement:

Ad
Ad

उनको राजिनामासँगै बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिइएको छ।

न्यौपानेले बैंकमा आफ्नो पहिलो चार वर्षे कार्यकाल पूरा गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए। यद्यपि दोस्रो कार्यकाल अझै बाँकी रहँदा उनले पद त्याग गरेका हुन्।