१ हजार रुपैयाँको नयाँ नोटका लागि चित्र र आकार स्वीकृत गर्ने सरकारको निर्णय, गभर्नर पौडेलको हस्ताक्षर हुने

२०८२ असार ३२ गते

१ हजार रुपैयाँको नयाँ नोटका लागि चित्र र आकार स्वीकृत गर्ने सरकारको निर्णय, गभर्नर पौडेलको हस्ताक्षर हुने

काठमाडौं । सरकाले १ हजार रुपैयाँ दरका नयाँ नोटका लागि चित्र र आकार स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

Advertisement:

Ad
Ad

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज पत्रकार सम्मेलन मार्फत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकले गरेको प्रस्तावित चित्र र आकार स्वीकृत गर्ने निर्णय गरेको  जानकारी दिएका हुन् ।


राष्ट्र बैंकले नोटको डिजाइन र आकार तयार गरी अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद् लगेको थियो ।नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर हुने छ ।