सुनको मूल्य एकै दिन एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८१ माघ १६ गते

सुनको मूल्य एकै दिन एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। बुधबार स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको हो ।

Advertisement:

Ad
Ad

आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य यस दिन पनि प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा किनबेच भईरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।