सुनको मूल्य आज एकैदिन तोलामा १६ सयले बढ्यो , कति पुग्यो ?

२०८१ पुस २८ गते

सुनको मूल्य आज एकैदिन तोलामा १६ सयले बढ्यो , कति पुग्यो ?

काठमाडौं । आइतबार एकैदिन सुन चाँदीको मूल्य १ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँ पुगेको छ। शुक्रबार भने यसै सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँ थियो।

Advertisement:

Ad
Ad

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढी हो। शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको भाउ प्रतिऔंस २ हजार ६ सय ९० अमेरिकी डलर पुगेको छ ।