शेयरबजारमा एकल अंकको वृद्धि, कारोबार रकम भने घट्यो

२०८१ माघ ०८ गते

शेयरबजारमा एकल अंकको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौँ। मंगलबार नेप्से एकल अङ्कले बढेको छ । आज नेप्से परिसूचक ५ .०८ अङ्कले बढेर २६१३.०८ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.१९ प्रतिशतले बढेको हो ।

यस दिन नेप्सेका आठ वटा उपसमूहका परिसूचक बढेका छन् भने बाँकि पाँच उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा अन्य उपसमूह रह्यो जसको परिसूचक २.७९ प्रतिशतले बढेको छ। त्यसै गरी सर्वाधिक घट्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक २.१० प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक बढेसँगै कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन छ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ६९ हजार आठ सय ४० पटकको कारोबारमा छ अर्ब १९ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । जसमा १०६ कम्पनीका शेयर बढेका छन् भने १२९ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी आठ कम्पनीका शेयर भने स्थिर रहेका छन् ।

मंगलबार सर्वाधिक बढ्नेमा मन्दाकिनी हाइड्रोपावर रह्यो जसको शेयर सर्वाधिक दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा रिभर फल्स पावर लिमिटेड रह्यो जसको शेयर ८.९६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा सीइडिबि होल्डीङ्स रह्यो जसको २३ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा प्रभु सेलेक्ट फण्डको शेयर रह्यो जसको चार लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ।