२०८१ माघ ०३ गते
काठमाडौँ। साताको अन्तिम कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ । आज नेप्से परिसूचक ७. ३३ विन्दुले घटेर २५८८.६२ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०. २८ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका पाँच वटा उपसमूहका परिसूचक बढेका छन् भने बाँकि आठ उपसमूहका परिसूचक बढेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक २.०३ प्रतिशतले बढेको छ। त्यसै गरी सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ५ .१९ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन पाँच अर्ब ४२ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९६ स्टकको ७० हजार दुई सय ३४ पटकको कारोबारमा पाँच अर्ब ९३ करोड बराबरको किनबेच भएको छ । जसमा ८८ कम्पनीका शेयर बढेका छन् भने १५२ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी तीन कम्पनीका शेयर स्थिर रहेका छन् ।
बिहिबार सर्वाधिक बढ्नेमा वेअन नेपाल लघुवित्त, बोटलर्स नेपाल बालाजु र मन्दाकिनी हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा पोखरा फाइनान्स रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा सिन्धु विकास बैंक रह्यो जसको २८ करोड ५७ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सिद्धार्थ इक्विटी फण्डको शेयर रह्यो जसको दुई लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया