शेयर बजारमा एकल अङ्कको वृद्धि, कारोबार रकममा भने गिरावट

२०८१ पुस २३ गते

शेयर बजारमा एकल अङ्कको वृद्धि, कारोबार रकममा भने गिरावट

काठमाडौँ। मंगलबार नेप्से एकल अंकले बढेको छ। आज नेप्से परिसूचक ६ .१६ विन्दुले बढेर २६४६.८६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२३ प्रतिशतले बढेको हो ।

यस दिन नेप्सेका १३ उपसमूहमध्य आठ उपसमूहका परिसूचक बढेका छन् भने चार उपसमूहका परिसूचक घटेका छन् । त्यस्तै लगानी समुहको परिसूचक आज स्थिर रहेको छ।  मंगलबार सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २ . ६५ प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक घट्ने उपसमूहमा बैंक उपसमूह रह्यो जसको परिसूचक ०.२७ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन छ अर्ब ३० करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ६० हजार ६५ पटकको कारोबारमा पाँच अर्ब ३८ करोड बराबरको किनबेच भएको छ । जसमा १२६ कम्पनीका शेयर बढेका छन् भने १०७ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी दश कम्पनीका शेयर स्थिर रहेका छन् ।

मंगलबार सर्वाधिक बढ्नेमा न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा आत्मनिर्भर लघुवित्त र डोल्टी पावर रह्यो जसको शेयर समान दश प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा सिन्दु विकास बैंक रह्यो जसको १६ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सिटिजन म्युचुवल फण्ड-२ रह्यो जसको सात लाख ४४ हजार कित्ता शेयर किनबेच भएको छ।