शेयर बजारमा आज कुन कम्पनीले कमाए कसले गुमाए ?

२०८१ माघ २२ गते

शेयर बजारमा आज कुन कम्पनीले कमाए कसले गुमाए ?

काठमाडौं । मंगलवार शेयर बजार दोहोरो अकंले घटेको छ। शेयर बजार १४.०८ अंकले घटेर २,७१५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ९१ करोडको कारोबार भएको हो ।

Advertisement:

Ad
Ad

दोहोरो अकंले घटेको शेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।

यसदिन सप्तकोशी विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् भने धौलागिरी लघुवित्तका लगानीकर्ताले ४.७७ प्रतिशतका दरले गुमाएका छन् ।शेयर बजारमा मंगलवार ८ अर्ब ९१ करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३० करोड ८७ लाख कारोबार भएको हो ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ८४ लाख कारोबार भएको छ भने हिमालय ऊर्जा विकासको २५ करोड ४० लाख कारोबार भएको छ ।

त्यसैगरी हिमालयन रिइन्स्योरेन्सः २१ करोड ४१ लाख कारोबार भएको छ भने पिपुल्प हाइड्रोपावरः १९ करोड २ लाख कारोबार भएको छ ।