समता घरेलु लघुवित्तको लाभांश घोषणा

२०८१ पुस २५ गते

समता घरेलु लघुवित्तको लाभांश घोषणा

काठमाडौँ।  समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

लघुवित्तले पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ८० / ८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई शेयर वितरण गर्न लागेको हो । संस्थाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतको दरले बोनस शेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Advertisement:

Ad

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश पारित गर्नेछ।