२०८१ पुस २९ गते
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरेका छन् । सोमबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आएका अध्यादेश राष्ट्रपतिले जारी गरेका हुन् ।
मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१,’ आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), २०८१’, निजीकरण ऐन, २०५०लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको थियो । सोही बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् ।
प्रतिक्रिया