प्राधिकरणले एक महिनामै १९ हजार ग्राहकको बिजुलीको लाइन काट्यो, करिब २३ करोड बुझाएर १४ हजार ग्राहकले जोडे लाइन

२०८१ माघ ०२ गते

प्राधिकरणले एक महिनामै १९ हजार ग्राहकको बिजुलीको लाइन काट्यो, करिब २३ करोड बुझाएर १४ हजार ग्राहकले जोडे लाइन

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले गएको पुस महिनामा १९ हजार ग्राहकको विद्युत लाइन काटेको छ । उक्त लाइन काटेर करिब २३ करोड रुपैयाँ बक्यौता रकम उठाएको प्राधिकरणले यस अवधिमा १९ हजार भन्दा बढी ग्राहकको बिजुलीको लाइन काटेको थियो ।

प्राधिकरणको तथ्यांक अनुसार पुष महिना भरिमा १९ हजार २३२ ग्राहकको लाइन काटिएको थियो। तीमध्ये १४ हजार १११ ग्राहकले बक्यौता तिरेर लाइन जोड्न लगाएका छन्। यस महिनामा बक्यौता रकम २२ करोड ८४ लाख ५९ हजार ६ सय ९४ रुपैयाँ असुल भएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय, अर्थ महाशाखाको विवरणमा उल्लेख छ। सबै लाइन काटिएका ग्राहकबाट उठाउँनुपर्ने रकम भने ७२ करोड ३१ लाख ६४ हजार रुपैयाँ हो । यसमध्ये करिब २३ करोड रुपैयाँ असुल भएको छ ।

Advertisement:

Ad
Ad