नेपाल लाइफ इन्सुरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा

२०८१ पुस २८ गते

नेपाल लाइफ इन्सुरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

Advertisement:

Ad
Ad