२०८१ मंसिर २६ गते
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वित्तरण गर्ने भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लघुवित्तले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । यस संस्थाको मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १४।.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । मिथिला लघुवित्तको दोस्रो बजारमा सेयर मूल्य प्रतिकित्ता १ हजार ७ सय हाराहारीमा छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससमा मिथिला लघुवित्तले १ करोड १ लाख रुपैयाँ खुद नाफा कामएको थियो ।कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६३ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ छ ।
प्रतिक्रिया