२०८१ माघ ०६ गते
काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले गोला प्रथामार्फत शेयर बाँडफाँड गरेको हो।
यस आईपीओमा कुल १८ लाख ३० हजार ८७५ जनाले आवेदन दिएका थिए। तीमध्ये ८ हजार ४५२ जनाको आवेदन रद्द भएको थियो। बाँकी १८ लाख २२ हजार ४०५ योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। अन्य आवेदक भने खाली हात भएका छन्।
कम्पनीले सर्वसाधारणका लागि पुस २१ गतेदेखि २४ गतेसम्म १८ लाख ४५ हजार कित्ता शेयर सार्वजनिक गरेको थियो। नेपाल धितोपत्र बोर्डले यसअघि कम्पनीलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति दिएको थियो।
आईपीओमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता, सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता, र कर्मचारीलाई ६७ हजार ५ सय कित्ता छुट्याइएको थियो। बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।
शेयर बाँडफाँडको नतिजा केही समयपछि सार्वजनिक हुने जानकारी बिक्री प्रबन्धकले दिएको छ।
प्रतिक्रिया