आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्ध देशव्यापी एचपीभी खोप अभियान सुरु

२०८१ माघ २२ गते

आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्ध देशव्यापी एचपीभी खोप अभियान सुरु

काठमाडौँ । सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान सुरु गर्दैछ । अभियान फागुन ६ गतेसम्म चल्ने छ ।अभियानको क्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने लक्ष्य छ ।निःशुल्क रुपमा सरकारले दिन लागेको यो खोप महिलाको पाठेघरमा हुने क्यान्सरबाट सुरक्षित बनाउन दिनइन लागिएको हो । अभियान सञ्चालनको समयमा आ–आफ्नो विद्यालयमा गएर कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राले एचपीभी खोप लगाउन पाउँछन् ।

साथै, विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूले पनि यस अभियान सञ्चालनको समयमा नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सक्छन् ।खोप सुरक्षित भएकाले ढुक्क भएर किशोरीहरुलाई लगाउन सरकारले अपिल गरेको छ ।

Advertisement:

Ad
Ad