आइतबार देशभरी किन इन्टरनेट चलेन ?टेलिकमको उत्तर- भारतमा तार चुँडियो

२०८१ माघ २२ गते

आइतबार देशभरी किन इन्टरनेट चलेन ?टेलिकमको उत्तर- भारतमा तार चुँडियो

काठमाडौँ । नेपाल टेलिकमले भारतको उत्तर प्रदेशमा फाइबर केबल चुँडिएर आइतबार राति इन्टरनेटमा समस्या आएको जानकारी दिएको छ । टेलिकमले सोमबार एक सूचनामार्फत आपूर्तिकर्ताहरू मध्ये भारतको भारती एयरटेल लिमिटेडको उत्तर प्रदेशस्थित फरेन्दा र कोल्हुइ बजार क्षेत्रका दुई स्थानमा फाइबर केबल चुँडिन गई नेटवर्कमा समस्या उत्पन्न भएको जनाएको हो ।

सोही कारणले गएराति ९ः०७ देखि १०ः३० सम्म टेलिकमको इन्टरनेट सेवामा आंशिक समस्या उत्पन्न हुन गएको सूचनामा उल्लेख छ।

Advertisement:

Ad
Ad