२०८२ सालमा ८६ दिन सार्वजनिक विदा, कुन विदा कहिले ?

२०८१ फागुन १८ गते

२०८२ सालमा ८६ दिन सार्वजनिक विदा, कुन विदा कहिले ?

काठमाडौ । सरकारले आगामी वर्ष २०८२ को वर्षभरी दिइने सार्वजनिक विदाको विवरण नेपाल राजपत्रमा प्रकाशित गरेको छ । सो विवरण अनुसार ५२ दिन त शनिबारको विदा मात्रै परेको छ । फागुन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष २०८२ को वर्षभरी दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको थियो ।

२०८२ सालमा बर्षभरमा २६ दिन चाँडपर्व बिदा, ८ दिन विभिन्न दिवस तथा जयन्तीको अवसरमा सार्वजनिक बिदा परेको छ । देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ ।

Advertisement:

Ad
Ad

फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।यस्तै दशैको घटस्थापना असोज ६ मा परेको छ । दशै लक्षित विदा सात दिन रहेको छ । तिहारको लागि कात्तिक ३ गतेदेखि ७ गतेसम्म विदा दिइने भएको छ ।

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/03/२०८२_सलक_सरवजनक__बद_समबनध.pdf"]