सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध
रामेछाप । रामेछापबाट ओखलढुङ्गा जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्रुले हैरानी खेपेको विषयलाई लिएर भएको छलफलमा निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ।