डेरी एसोसिएसनको सक्रियतामा 'विश्व स्कुल दूध दिवस–२०८३' को अवसरमा विद्यालयमा सचेतनामूलक दूधपान कार्यक्रम सम्पन्न

२०८३ असोज १४ गते

डेरी एसोसिएसनको सक्रियतामा 'विश्व स्कुल दूध दिवस–२०८३' को अवसरमा विद्यालयमा सचेतनामूलक दूधपान कार्यक्रम सम्पन्न

ललितपुर। “Strong Bones, Strong Moves: Milk Matters for Sport and Growing Bodies!” भन्ने नाराका साथ विश्व स्कुल दूध दिवस–२०८३ को अवसरमा ललितपुर महानगरपालिका–११ स्थित श्री कुम्भेश्वर आधारभूत विद्यालयमा सचेतनामूलक दूधपान कार्यक्रम सम्पन्न भएको छ।

 

Advertisement:

Ad

नेपाल डेरी एसोसिएसन केन्द्रीय कार्यालय तथा नेपाल डेरी एसोसिएसन, बागमती प्रदेश कार्यसमितिको संयुक्त आयोजना एवं नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ र अप्टिमिस्ट क्लब डेरी इन्टरप्रेनर्सको सहकार्यमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत २०० विद्यार्थीहरूलाई दूध सेवन गराउनुका साथै दूध तथा दुग्धजन्य पदार्थको पौष्टिक महत्त्व, नियमित उपभोगको आवश्यकता तथा दुग्ध क्षेत्रप्रति सकारात्मक धारणा विकास गर्ने विषयमा जानकारी गराइएको थियो।

 

कार्यक्रम नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष श्री टीका प्रसाद घिमिरेज्यूको अध्यक्षता तथा एन।प्याब्सनका महासचिव श्री प्रतापबहादुर थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक विदुर राई, अनुसन्धान शाखाका प्रमुख दीपेन्द्र अधिकारी, नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघका महासचिव श्रीकृष्ण भण्डारी, अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सका अध्यक्ष रमेश सञ्जेल लगायत नेपाल डेरी एसोसिएसनका केन्द्रीय तथा बागमती प्रदेशका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो। उपस्थित सबै माझ नेपाल डेरी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमलाले एसोसिएसनले तयार गरेको प्रेस रिलिज पढेर सुनाएका थिए।

 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीमती करुणा खड्कीले स्वागत मन्तव्य राख्दै विश्व स्कुल दूध दिवसको अवसरमा विद्यार्थीहरूलाई दूध सेवन गराई दूध तथा दुग्धजन्य पदार्थको पौष्टिक महत्त्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयलाई कार्यक्रमस्थलका रूपमा छनोट गरेकोमा आयोजक प्रति धन्यवाद व्यक्त गरिन्। उनले आगामी दिनमा पनि विद्यालय तथा विद्यार्थीलाई लक्षित गरी यस्ता जनचेतना मूलक कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिइन्।

 

कार्यक्रममा विद्यार्थीहरूलाई दूध सेवन गराउनुका साथै दूध तथा दुग्धजन्य पदार्थको पौष्टिक महत्त्व, स्वस्थ खानपान तथा दैनिक जीवनमा दूधको उपयोगिताका विषयमा जानकारी प्रदान गरिएको थियो।

 

विश्व स्कुल दूध दिवस हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइन्छ। सन् २००० मा पहिलोपटक मनाइएको यो दिवसले विद्यालयमा दूधको महत्त्वबारे ध्यानाकर्षण गराउँदै विद्यालय दूध कार्यक्रम तथा बाल पोषणसम्बन्धी जनचेतना प्रवर्द्धन गर्ने उद्देश्य राखिएको कुरा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बताए । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले नेपाल टेरी एसोसिएसनले सुरु गरेको विश्व स्कुल दुध दिवस मनाउने कार्यक्रम अत्यन्त सान्दर्भिक भएको र यो कार्यक्रमलाई सरकारले समेत साथ दिनुपर्ने कुरा बताए ।

 

त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक बिदुर राईले नेपाल डेरी एसोसिएसनले गरेको यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण भएको र यसमा बोर्डको पनि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि प्रताप थापाले नेपाल डेरी एसोसिएसनले विद्यालय तहमा दूध तथा दुग्धजन्य पदार्थको पहुँच विस्तार गर्दै बाल पोषणसँगै किसानको उत्पादन, दुग्ध उद्योग र स्थानीय अर्थतन्त्रलाई जोड्ने गरी विद्यालय दूध कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने विषयमा जोड दिए । कार्यक्रमका सभापति एवं नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै किसिमका कार्यक्रम गर्दै जाने प्रतिबद्धता गरे ।