२०८३ असोज १६ गते
काठमाडौँ । अर्थमन्त्रालयमा आज करदाता प्रोत्साहन पुरस्कारको घोषणा गर्दैछ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको र हाल कार्यान्वयनमा आएको करदाता प्रोत्साहन पुरस्कारको असोज १ देखि १५ गतेसम्मको नतिजा आज अर्थ मन्त्रालयको सभाहलमा घोषणा हुन लागेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
उपभोक्ताको बिलरबीजक लिने बानीमा सुधार गरी कर कानुनको पालनामा अभिवृद्धि गर्न नेपाल सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम २०८३ सञ्चालनमा ल्याएको हो । यो योजनामा व्यावसायिक प्रयोजनका लागि भएका खरिद बिल,सरकारी निकाय वा सार्वजनिक संस्थाको नामबाट जारी भएका बिल,टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत्, सवारी तथा ढुवानीका साधन र हवाई टिकट खरिद बापतका बिल तथा स्थायी लेखा नम्बर नलिएका व्यक्तिबाट खरिद गरेका बिल बाहेक सबै बिल तथा अनलाइन भुक्तानी समावेश हुने छ ।
प्रतिक्रिया