शेयरधनीलाई ग्लोबल आइएमई लघुवित्तको ९.५ प्रतिशत लाभांश

२०८३ असोज १३ गते

शेयरधनीलाई ग्लोबल आइएमई लघुवित्तको ९.५ प्रतिशत लाभांश

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

 

Advertisement:

Ad

लघुवित्तको सञ्चालक समितिको असोज १२ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।