२०८२ चैत २० गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले विराटनगरमा रहेका दुइवटा मनिचेन्जरको अनुमतिपत्र खारेज गरेको छ । केन्द्रिय बैंकले इजाजतपत्र रद्द गरिएको जानकारी सुचनामार्फत गराएको छ ।
लाइसेन्स खारेज हुनेमा अमृत लक्ष्मी मनि चेन्जर प्रा.लि र सुपर फाइन मनि चेन्जर प्रा.लि रहेको छ । यी दुबैको कार्यालय विराटनगर महानगरपालिका–१५, मोरङमा रहेको छ ।
नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्तभएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको केन्द्रिय बैंकले भनेको छ ।
प्रतिक्रिया