धनी र गरिब बिचमा फरक समुह नबनोस,ऋणमा सबैको पहुँच हुनुपर्छ : गभर्नर पौडेल

२०८२ असार २२ गते

धनी र गरिब बिचमा फरक समुह नबनोस,ऋणमा सबैको पहुँच हुनुपर्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले ऋणको पहुँचमा धनी र गरिब विचमा फरक—फरक समुह बन्न नहुने बताएका छन् । सबैलाई सकेसम्म अगाडी लैजाने हिसाबले ऋणको प्रवाह हुनुपर्ने उनको धारणा छ ।

 प्रि मोनिटरी छलफलमा बोल्दै गभर्नर पौडेलले ऋणमा सबैजनाको हक लाग्ने धेरै समुदायको ऋणमा पहुँच  हुन नसकेको बताए ।उनले भने, ‘हामी भूइँचालोबाट आयौं, कोभिडबाट आयौं । साना किसान जस्ता कार्यक्रहरु गरिरहेका छौ । विपन्न र  गरिवीमा रहेकाले अझै पनि सजिलै ऋण पाएका छैनन् । ऋणका लागि गरिब र धनीको फरक फरक समुह नबनोस् । ऋणमा सबैजनाको हक लाग्नुपर्छ ।’

Advertisement:

Ad
Ad


उनले  ऋण प्रवाह गरेअनुसार सबैलाई माथि लैजान नसकेको पनि स्विकारे ।  ‘हामीले जुन रुपमा ऋण प्रवाह गर्छौं । त्यसलाई सबैलाई माथि लैजाओस् । समस्या यहाँ के छ भने त्यो दर्शनमा काम पनि गरेको हो । तर चाहे अनुरुप काम भएन,’ उनले भने ।