तथ्यहीन समाचार प्रकाशनविरुद्ध सूर्यज्योति लाइफ इन्स्योरेन्स कानुनी उपचारमा जाने

२०८१ माघ २८ गते

तथ्यहीन समाचार प्रकाशनविरुद्ध सूर्यज्योति लाइफ इन्स्योरेन्स कानुनी उपचारमा जाने

काठमाडौं । विभिन्न सञ्चारमाध्यमहरूमा आफ्नाबारे तथ्यहीन समाचार प्रकाशन भएको भन्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीका कर्मचारी, अभिकर्ता, शेयरधनी र संचालकहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले सुनियोजित रूपमा कपोलकल्पित, भ्रामक र तथ्यहीन समाचारहरू प्रकाशन तथा प्रसारण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

Advertisement:

Ad
Ad

कम्पनीले भ्रामक समाचारमा विश्वास नगर्न पनि अपिल गरेको छ । भ्रामक समाचार प्रसारण तथा प्रकाशनविरुद्ध कानुनी उपचारका लागि अघि बढ्ने प्रक्रियामा रहेको समेत कम्पनीले जनाएको छ ।

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/02/suryajyoti.pdf"]