२०८२ असार ०२ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै साविककै आकार तथा रंगमा १० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।
असार २ गते (आजसोमबार) देखि नयाँ नोट प्रचलनमा ल्याइएको केन्द्रिय बैंकले जनाएको छ।बाँयातर्फ सगरमाथाको चित्र र दायँतर्फ लालीगुराँसको पानी छाप रहेको नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने राष्ट्र बैंकले जनाएको छ।
यसअघि २०७७ मंसिर १० गतेदेखि ढ८२ ०००००१ देखि द ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएए पनि त्यतिबेला सङ्केत नं. ढ ८२ ०००००१ देखि ढ ८००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको पनि केन्द्रिय बैंकले भनेको छ ।
प्रतिक्रिया