सिटिजन्स लाइफ इन्सुरेन्सले सेयरधनीलाई दिने भयो आकर्षक लाभांश, नगद र बोनस कति ?

२०८१ फागुन ०९ गते

सिटिजन्स लाइफ इन्सुरेन्सले सेयरधनीलाई दिने भयो आकर्षक लाभांश, नगद र बोनस कति ?

काठमाडौ । सिटिजन लाइफ इन्सुरेन्सले आफ्ना सेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार (फागुन ८ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २६.९८ प्रतिशत बोनस सेयर र कर तिर्न १.४२ प्रतिशत नगद गरी कुल २८.४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । आर्थिक वर्ष २०७९/ ८० मा कम्पनीले ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यसको सेयर मूल्य दोस्रो बजारमा साढे ७ सय रुपैयाँ भन्दा बढी छ ।

Advertisement:

Ad
Ad