महिनामा एकपटक मात्र चाँदी आयात गर्नेलाई राष्ट्र बैंकको  विशेष सहुलियत,चार गुणा बढीसम्म आयात गर्न पाइने

२०८२ पुस १३ गते

महिनामा एकपटक मात्र चाँदी आयात गर्नेलाई राष्ट्र बैंकको  विशेष सहुलियत,चार गुणा बढीसम्म आयात गर्न पाइने

काठमाडौं । महिनामा एक पटक मात्रै चाँदी आयात गर्नेलाई नेपाल राष्ट्र बैंकले बिशेष सहुलियत दिने  भएको छ । आइतबार केन्द्रिय बैंकले एक परिपत्र जारी गर्दै उक्त सुविधाको व्यवस्था गरेको हो ।

उद्योगीले एक पटकमा बढीमा ५ लाख डलरसम्मको चाँदी आयात गर्न पाउने व्यवस्था रहेकामा अब एकैपटक २० लाख अमेरिकी डलरसम्मको आयात गर्न पाउने भएका छन् ।  यद्यपि,  २० लाख डलरसममको आयात गर्नेले महिनामा एक पटक मात्रै उक्त सीमा अनुसार आयात गर्न पाउने राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ । 

Advertisement:

Ad
Ad


केन्द्रिय बैंकले परिपत्र जारी गर्दै भनेको छ, 'महिनामा  एकपटक मात्र आयात गर्ने उद्योग र व्यवसायीको हकमा उपयुक्त सीमा क्रमशः अमेरिकी डलर बीस लाख (उद्योगको लागि) र अमेरिकी डलर चार लाख (अन्य व्यवसायीको लागि) को सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिनेछ' ।