शंकास्पद कारोबार ३० प्रतिशतले बढ्यो, एकै वर्षमा साढे ९ हजार भन्दा बढी शंकास्पद कारोबार

२०८२ पुस २९ गते

शंकास्पद कारोबार ३० प्रतिशतले बढ्यो, एकै वर्षमा साढे ९ हजार भन्दा बढी शंकास्पद कारोबार

काठमाडौं । बैंक तथा वित्तिय क्षेत्रमा शंकास्पद कारोबार ह्वात्तै बढेको पाइएको छ । राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइ (एफआईयू) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले यस्तो तथ्य देखाएको हो ।

वित्तिय जानकारी इकाइले  ९ हजार ५ सय ६५ वटा शङ्कास्पद कारोबार/गतिविधिखप्रतिवेदन प्राप्त गरेको छ । यो आँकडा अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।

Advertisement:

Ad
Ad

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो सङ्ख्या ७ हजार ३ सय ३८ मात्र थियो । गो एएमएल’ प्रणालीमार्फत प्राप्त भएको प्रतिवेदनको गहन विश्लेषण गरी  थप अनुसन्धानका लागि  नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायहरूमा पठाइएको छ ।