२०८१ माघ २५ गते
काठमाडौं । सानिमा जिआईसी निर्जिवन बीमा कम्पनीले लाभांश घोषणा गरेको छ ।
माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
जसमा बोनस ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया