सन नेपाल लाईफको सिनियर डिसीईओमा कवि फुयाँल नियुक्त

२०८१ फागुन ०८ गते

सन नेपाल लाईफको सिनियर डिसीईओमा कवि फुयाँल नियुक्त

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) मा कवि फुयाँललाई नियुक्त गरिएको छ । बिहीबार फुयाँलले कम्पनीको सिनियर डेपुटी सिईओको रुपमा पद बहाली गरेका हुन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा फुयाँलले औपचारिक रुपमा पद बहाली गरेका हुन् । यसअघि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका फुयाँल गत भदौ ७ गतेदेखि पदावधी सकिएकोमा एक दिनअघि नै राजिनामा दिएका थिए । उनको कार्यकालमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

Advertisement:

Ad
Ad

बीमा विज्ञका रुपमा बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका फुयाँलको प्रवेशले सन नेपाल लाइफलाई अझै उत्कृष्ट बनाउने विश्वास कम्पनीले लिएको छ ।