२०८२ वैशाख ३० गते
काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन खुला भएको छ । मंगलबार (वैशाख ३० गते) देखि आवेदन खुला भएसँगै हकप्रदमा अब जेठ १९ गतेसम्म आवेदन दिन मिल्नेछ ।
कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद (२७ प्रतिशत)सेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय र सन नेपाल लाइफका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसको बिक्रि प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । यस कम्पनीको हकप्रद सेयर जारी भएपछि नियामक बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्तापुँजी पुग्नेछ । यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया