२०८० पुस ११ गते
काठमाडौं। रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन भेरियन्टको नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् । बुधबार रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुवास चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमुख अभिषेक सुक्लाद्वारा तीन नयाँ मोटरसाइकल सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएका तिन नयाँ मिटिओर फायरवल, मिटिओर स्टेलर र मिटिओर सुुपरनोभा रहेका छन् ।यी बाइकहरु यसअघि ८ लाख मूल्यमा बिक्री भएकामा अब भने भेरियन्ट अनुसार मूल्य ५ लाख ५० हजारदेखि ५ लाख ६५ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले नेपालमै आफ्नो एसेम्बलीङप्लान्ट स्थापना गरेपछि मूल्य कम भएको हो।
मिटिओर ३५० मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको छ। मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर(ओयल कुल्ड रहेको छ । इन्जिनले अधिकतम ६ हजार १०० आरपीएममा २०.२ ब्रेकर्स पावर र ४ हजार आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यसमा डुअल डिस्कब्रेक दिएको छ । तीन वटै मोटरसाइकलमा १५ लिटरको फ्युल ट्यांक क्षमता रहेको छ । मोटरसाइकलले प्रति लिटर औषत ४० किलोमिटर माइलेज दिने छ ।
त्यस्तै, इजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४ सय एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनदुव स्पाइन फ्रेम, आगाडी (चौडा टुबलेस टायर)(१००/९०-१९"-५७ पी) पछाडी - चौडा टुबलेस टायर (१४०/७०-१७"-६६पी) जस्ता फिचरहरू पाउन सकिन्छ ।
मिटिओर फायरवल ३५० सीसी पहेंलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन् । त्यस्तै, मिटिओर स्टेलर ३५० सीसी कालो, निलो र रातो रंगमा र मेट्रोे सुपरनोभा ३५० सीसी खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध छन् ।

प्रतिक्रिया