राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको लागि ४ जनाको नाम सर्टलिस्ट

२०८१ पुस २४ गते

राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको लागि ४ जनाको नाम सर्टलिस्ट

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको लागि ४ जनाको नाम सर्टलिस्ट भएको छ। सीइओ छनौट तथा सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको हो ।

सर्टलिस्टमा पर्नेमा महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थी रहेका छन् । समितिले शैक्षिक योग्यता, अनुभव र व्यवसायिक कार्ययोजनाको मुल्यांकनको आधारमा ३ जनाको नाम सर्टलिस्ट गरेको हो ।

Advertisement:

Ad
Ad

साथै समितिले ४ जना उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समय तोकेको छ। सबै उम्मेदवारको माघ ४ गते प्रस्तुतीकरण र माघ ५ गते अन्तर्वार्ताको मिति तय गरिएको छ।