२०८२ पुस २८ गते
काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र निष्कासन गर्ने भएको छ। ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ नामक उक्त बन्ड आज अनलाइनमार्फत जारी हुँदैछ।
यस ऋणपत्रमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउनेछन्। न्यूनतम ५ करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था छ।
ब्याजदर बोलकबोलबाट तय हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ। ऋणपत्रको सावाँ भुक्तानी २०८३ पुस २८ गते हुने छ। ऋणपत्र निष्कासनको मितिमा पर्याप्त मौज्दात नहुने काउन्टरपार्टीलाई हर्जनासहित ६ महिनासम्म खुला बजार कारोबार र ब्याजदर करिडोरसम्बन्धी बोलकबोलमा प्रतिबन्ध लगाइने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया