२०८२ चैत २७ गते
काठमाडौं ।नेपाल राष्टज्ञ बैंक विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यरत कार्यकारी निर्देशक किरण पण्डित डेपुटी गभर्नर नियुक्त भएपछि रिक्त भएको कार्यकारी निर्देशकको पदमा २ जनाको बढुवा भएको छ ।
कार्यकारी निर्देशक रोशनकुमार सिग्देलको अवकाशसँगै अर्को एक कार्यकारी निर्देशक पद पनि रिक्त रहेको थियो ।रिक्त रहेका २ कार्यकारी निर्देशक पदमा निर्देशकहरू हिमप्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा बढुवा भएका हुन्।
बढुवा भएसँगै हिमप्रसाद न्यौपानेलाई बैंकिङ विभाग र मुक्तिनाथ सापकोटालाई आन्तरिक लेखापरीक्षण विभागको प्रमुखमा पदस्थापन गरिएको छ । विदेशी विनिमय व्यवस्थापन विभागमा भने डा. डिल्लीराम पोखरेललाई सारिएकको छ ।
प्रतिक्रिया