२०८१ असार ३१ गते
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले पुराना दुई आर्थिक वर्षको लाभांश बुझ्न शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले सोमवार सूचना जारी गर्दै आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को नगद लाभांश बुझ्न बाँकी सदस्यहरूलाई आगामी एक महिनाभित्र बुझ्न भनको हो ।
कम्पनी ऐन ,२०६३ ले गरेको व्यवस्था बमोजिम तोकिएको अवधिभित्र नगद लाभांश बुझ्न नआए नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गनुपर्ने भनाई कम्पनीको छ । यसर्थ समयमै आफ्नो लाभांश बुझ्न सम्बन्धित शेयरधनीहरूलाई कम्पनीले आग्रह गरेको हो ।
तोकिएको अवधिभित्र आवश्यक कागजात सहित कम्पनीको शेयर रजिष्ट्रार लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौंमा सम्पर्क गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । यस कम्पनीले आर्थिक वर्ष ०७४/७५ मा २ दशमलव ६३ प्रतिशत र आर्थिक वर्ष ०७५/७६ मा ६ दशमलव ५८ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया