पूर्वाधार विकास बैंकले ३ पटकसम्म धितो लिलाम गर्न पाउने, बिक्रि नभए आफैले सकार्नु पर्ने

२०८२ पुस ०१ गते

पूर्वाधार विकास बैंकले ३ पटकसम्म धितो लिलाम गर्न पाउने, बिक्रि नभए आफैले सकार्नु पर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले पुर्वाधार विकास बैंकका लागि गैर बैंकिङ सम्पत्तिको नोक्सानी व्यवस्था तथा धितो  लिलाम विक्रि सम्बन्धका केही व्यवस्था हेरफेर गरेको छ ।

पूर्वाधार विकास बैंकले कर्जा असुल गर्न कम्तीमा३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा  आफैँले सकार गर्नु पर्ने व्यवस्था केन्द्रिय बैंकले गरेको छ ।

Advertisement:

Ad
Ad

 यस अघि धितो लिलाम गर्दा बिक्रि नभएमा आफैले सकार गर्नुपर्ने उल्लेख भएपनि विद्यमान व्यवस्थालाई संसोधन गर्दै केन्द्रिय बैंकले ३ पटक सम्म धितो लिलाम प्रक्रिया अगाडी बढाउनसक्ने व्यवस्था गरेको हो यस्तै सकार गरेको गैर बैंकिङ्ग सम्पत्तिमा सकार गरेकै मितिदेखि शत प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था हटाइएको छ ।

गैर बैंकिङ्ग सम्पत्ति बिक्री भएको अवस्थामा त्यस्तो सम्पत्तिका लागि खडा गरिएको नोक्सानी व्यवस्थाको आवश्यक हिसाबमिलान गर्नु पर्ने व्यवस्था हटाइएको छ ।