२०८२ मंसिर २१ गते
काठमाडौं । पुर्व बैंकर्स नारायणदास मानन्धरको निधन भएको छ । उनी प्राइम कमर्सियल बैंकका संस्थपक प्रमुख कार्यकारी अधिकृत हुन् । उनको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
उनी तत्कालिन नेपाल बंगलादेश बैंकका कार्यकारी अधिकृत पनि भएका थिए भने राष्टिय बाणिज्य बैंकमा कार्यकारी निर्देशकको रुपमा पनि कार्यरत थिए । तत्कालिन लुम्बिनी बैंकका पनि सिइओ रुपमा काम गरेका थिए ।
प्रतिक्रिया