२०८२ मंसिर २२ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले एआइ मार्गदर्शको मस्यौदा सार्वजनिक गरेको छ । वित्तिय क्षेत्रमा हुने एआइ प्रयोगको नियमनका लागि केन्द्रिय बैंकले मार्गदर्शन बनाएको हो ।
एआईले कार्यक्षमता, जोखिम व्यवस्थापन र ग्राहक सेवामा अभूतपूर्व सुधार ल्याउने क्षमता बोके पनि यससँगै डेटा गोपनीयता, साइबर सुरक्षा र प्रणालीगत जोखिम जस्ता चुनौतीहरू पनि बढ्ने भएकाले स्पष्ट नीति आवश्यक परेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
पछिल्लो समय बढ्दै गएको कृत्रिम बुद्धिमत्ताको प्रयोगले वित्तीय संस्थाहरूको सञ्चालन तरिका नै बदल्न सक्ने क्षमता भएकाले नेपाल राष्ट्र बैंकले एआइ प्रयोगसम्बन्धी स्पष्ट दिशानिर्देश प्रदान गर्नु आवश्यक रहेको बताएको छ।नेपाल राष्ट्र बैंकले २०८१/८२ को मौद्रिक नीतिमा गरिएको घोषणापछि यी कृत्रिम बुद्धिमत्ता सम्बन्धी दिशानिर्देशहरू जारी गरेको हो ।
यो गाइडलाइन्स वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, पूर्वाधार बैंक, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायकहरूमा पनि लागू हुनेछ ।
प्रतिक्रिया