नेपाल लाइफ इन्स्योरेन्सको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

२०८१ असोज १३ गते

नेपाल लाइफ इन्स्योरेन्सको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ हजार ९४५ कित्ता संस्थापक शेयर असोज १३ गतेदेखि लिलामीमा विक्री खुला गरेको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरुका लागि लिलामीमा ल्याइएको होे । स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको यी शेयर प्रतिकित्ता १८५ रुपैयाँ मूल्य तोकेर विक्रीमा ल्याइएको हो ।

इच्छुक खरीदकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज २० गते कार्यलय समयभित्र आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको शेयर विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौंमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्दै आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरु कम्पनीले असोज १३ गतेपश्चात् घोषणा गर्ने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न योग्य हुने जानकारी समेत कम्पनीले दिएको छ ।

Advertisement:

Ad
Ad