२०८२ वैशाख २८ गते
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४० करोड ८५ लाख रुपियाँ नाफा कमाउन सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा यो नाफा केवल ५.२० प्रतिशतले बढी हो । गत आवमा कम्पनीले ३८ करोड ८३ लाख रुपियाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ९ प्रतिशतले बढेर ६६ अर्ब ६५ करोड ५८ लाख रुपियाँ कायम भएको छ । त्यस्तै, शेयर प्रिमियममा २ करोड ७८ लाख रुपियाँ, महाविपत्ति कोषमा ६१ करोड ६ लाख रुपियाँ, रिटेन्ड अर्निङमा ८५ करोड ५१ लाख रुपियाँ र अन्य इक्विटीमा ४० करोड ७० लाख रुपियाँ रहेको छ ।
चैत मसान्तसम्म १४ अर्ब २६ करोड ९५ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले खुद बीमाशुल्कबापत १४ अर्ब ७ करोड ९५ लाख रुपियाँ कमाएको छ ।
५ अर्ब २१ करोड २१ लाख चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी बढेर १०.४९ रुपियाँ कायम भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १३६.४७ रुपियाँ र मूल्य आम्दानी अनुपात भने ५९.५६ गुणा रहेको छ ।
प्रतिक्रिया