नाफा कमाएको विवरण सार्वजनिक गरेको एसियन लाइफ इन्सुरेन्सको प्रतिसेयर आम्दानी कति पुग्यो ?

२०८१ कात्तिक ३० गते

नाफा कमाएको विवरण सार्वजनिक गरेको एसियन लाइफ इन्सुरेन्सको प्रतिसेयर आम्दानी कति पुग्यो ?

काठमाडौ । बिमा कम्पनीहरुले धमाधम पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिरहेको छन् । यसैक्रममा शुक्रबार एसियन लाइफ इन्सुरेन्सले नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको (२०८१÷०८२) पहिलो त्रैमासमा एसियन लाइफले १३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४२.०७ प्रतिशतले बढी हो । गत वर्ष एसियनले ९ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । ४२ प्रतिशत हकप्रद सेयर बिक्रीबाट पुँजी वृद्धि गर्ने योजना बनाएको कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद बिमा शुल्क आम्दानी १२.२३ प्रतिशतले बढेको छ । यो सँगै यसको बिमा शुल्क आम्दानी २ अर्ब १ करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने २.४२ प्रतिशतले घटेर ८५ करोडमा झरेको छ । यसको जीवन बिमा कोषमा ४४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । यस कम्पनीको सेयरमा लगानी गरेकाहरुका लागि चासोको सुचक रहेका प्रतिसेयर आम्दानी भने १५.६४ रुपैयाँ रहेको छ । भनेको यसको प्रतिसेयर आम्दानी बढेको हो । यसअघि यसको प्रतिसेयर आम्दानी ११.१ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १२३.११ रुपैयाँ छ । एसियन लाइफको दोस्रो बजारमा सेयर मूल्य ७ सय ५० रुपैयाँ रहेको छ ।

Advertisement:

Ad
Ad