नेपाल बीमा प्राधिकरणका अध्यक्षमा जनकराजले सम्हाले कार्यभार

२०८२ असोज १० गते

नेपाल बीमा प्राधिकरणका अध्यक्षमा जनकराजले सम्हाले कार्यभार

काठमाडौ । नेपाल बीमा प्राधिकरणका अध्यक्षमा  जनक राज शर्माले  कार्यभार सम्हालेका छन् । अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी  शर्मालाई दिएको हो ।अध्यक्ष शर्मा हाल अर्थ मन्त्रालयमा कार्यरत छन् ।  


 प्राधिकरणमा कार्यभार सम्हाल्दै  प्राधिकरणका अध्यक्ष जनक राज शर्माले हालको कठिन अवस्थामा बीमा सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउँदै बीमा दाबी भुक्तानीलाई छिटोछरितो र प्रभावकारी बनाउँने बताए । 

Advertisement:

Ad
Ad

 

अध्यक्ष शर्माले भने, “हालैको नयाँ पुस्ताको आन्दोलनको भावना र बदलिँदो परिवेशमा सरकारले लिएका नीति तथा कार्यक्रम अनुसार समग्र बीमा क्षेत्र सेवाको गुणस्तर बढाउँदै आम नागरिकमा बीमाप्रतिको विश्वास बढ्ने गरी अघि बढ्नु आवश्यक छ, बीमा कम्पनीहरू प्रचलित कानून बमोजिम अघि बढ्नुपर्छ र प्राधिकरणले पनि नियमनलाई थप प्रभावकारी बनाउनुपर्छ ।”