नाफामा अगाडी रहेको नबिलको प्रतिसेयर आम्दानी कति ?

२०८२ जेठ ३१ गते

नाफामा अगाडी रहेको नबिलको प्रतिसेयर आम्दानी कति ?

काठमाडौ । बाणिज्य बैंकहरुमा नबिल बैंक नाफाका आधारमा सबैभन्दा अगाडी छ । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने यस बैंकले बैशाख मसान्तसम्म ५ अर्ब ६० करोड नाफा कमाएको छ । गत वर्ष बैशाखको तुलनामा यसको नाफा २.५९ प्रतिशतले बढेको हो ।

यद्यपि, समग्र बाणिज्य बैंकको नाफा भने प्रभावित देखिन्छ । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो भनेको गत वर्षको यसै अवधिको तुलनामा १.६७ प्रतिशत कम हो । गत वर्षको वैशाखसम्म बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए । यसअवधिसम्म आइपुग्दा १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ ।

Advertisement:

Ad
Ad


नाफामात्र होइन नबिलको प्रतिसेयर आम्दानी पनि २० रुपैयाँ भन्दा माथि छ । जबकी चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी औसत १३.०२ रुपैयाँ कायम भएको छ । तर २० रुपैयाँ भन्दा माथि प्रतिसेयर आम्दानी हुनेमा नबिल सँगै अरु तीन वटा बैंकपनि छन् । बैंकहरुको नाफालाई आधार बनाएर प्रतिसेयर आम्दानी निकालिएको हुन्छ । उक्त आम्दानी वार्षिकीकरण गरिएको छैन । अहिले दोस्रो बजारमा नबिल बैंकको प्रतिसेयर मूल्य ४ सय ५०  रुपैयाँ भन्दा बढी छ ।