लगानीकर्ताको हात खाली नबनाउने नबिल मन्त्र, १० वर्षमा  लगानीकर्तालाई कति राहत ?

२०८२ पुस १५ गते

लगानीकर्ताको हात खाली नबनाउने नबिल मन्त्र, १० वर्षमा  लगानीकर्तालाई कति राहत ?

काठमाडौं । व्यवसाय विस्तारमा सबैभन्दा ठुलो बनेको नबिल बैंक पछिल्लो केहि बर्षयता नाफाका आधारमा नम्बर वान बैंक बनिरहेको छ । अधिकांश सुचकमा अब्बल यस बैंकले आफ्ना लगानीकर्तालाई चाहि कतिको न्याय गरिरहेको छ भन्ने आम लगानीकर्ताको चासो देखिन्छ । 


सन् १९८७/८८ मा पहिलो पटक यस बैंकले १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यद्यपि यहाँ हामीले विगत १० वर्षको मात्र लाभांश इतिहास केलाउँनेछौ ।

Advertisement:

Ad
Ad


कोरोना माहामारीको कारण देखाउदै कतिपय बैंकले लगानीकर्ताको हात खाली बनाउँदा नबिलले भने कहिलेपनि लगानीकर्ताको हात खाली बनाएन । नबिल बैंकको लाभांश इतिहासले विगत दश वर्ष यता लगानीकर्ताको हात खाली बनाएको देखिदैन । भलै लाभांशदरमा भने केही कमी आएको देखिन्छ । 


चालु आर्थिक वर्ष २०८२/०८३ मा बैंक गत आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट साढे १२ प्रतिशत नगद लाभांश दिएको छ । 


आर्थिक वर्ष २०७१/०७२ मा ३० प्रतिशत बोनस सेयर दिएको यस बैंकले त्यतिबेला लगानीकर्तालाई ६.८४ प्रतिशत नगद लाभांश समेत दिएको थियो । त्यसयता २०७३/०७४ मा बैंकले १० वर्ष यता सबैभन्दा बढी लाभांश दिएको  देखिन्छ । उक्त समयमा बैंकले नगद र बोनस गरी ४८ प्रतिशत लाभांश आफ्ना लगानीकर्तालाई दिएको थियो । 


पछिल्लो ३ वर्ष यता भने बैंकको लाभांशमा केही कमी आएको देखिन्छ । २०७९/८० यता बैंकले नगद लाभांश मात्र दिएको छ । 


कुन बर्ष कति लाभांश पाए लगानीकर्ताले  ?