क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

२०८१ फागुन २६ गते

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ। क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले सर्वसाधारणको लागि जारी गरेको आइपिओ भर्ने आज, फागुन २६ गते, अन्तिम दिन रहेको छ । कम्पनीले  फागुन २२ गते देखि आवेदन खुला गरेको आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरका रहेका छन् । कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यस कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

Advertisement:

Ad
Ad