क्राउड फण्डिङ जुटाएर जेनजी आन्दोलन

२०८२ चैत ०१ गते

क्राउड फण्डिङ जुटाएर जेनजी आन्दोलन

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा क्राउडसोर्सिङ फन्डिङ मार्फत आर्थिक सहयोग जुटाइएको एक अध्ययनले देखाएको छ ।

अर्थ मन्त्रालयको समन्वयमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले आन्दोलनमा जनस्तरबाट आर्थिक सहयोग जुटाइएको उल्लेख गरिएको  छ ।आन्दोलनको एउटा प्रमुख विष्फोटक कारण सामाजीक सञ्जालमा लगाइएको प्रतिबन्ध रहेको अध्ययनले औल्याएको छ  ।

Advertisement:

Ad
Ad

प्रतिवेदनले रोजगारीको क्षेत्रलाई आन्दोलनको प्रमुख कारक र असर दुवै रूपमा देखाएको छ । आन्दोलनका कारण ४३ वटा निजी प्रतिष्ठानमा कार्यरत २ हजार ९९९ जना श्रमिकको रोजगारी प्रत्यक्ष प्रभावित भएको छ ।

जेनजी आन्दोलनपछि सरकारी प्रक्रियामा केही सुधारको संकेत देखिएपनि पर्याप्त नभएको प्रतिवेदनमा भनिएको छ । विशेषगरी बेरोजगारी, शासनसत्ताको वितृष्णानै आन्दोलनको कारण रहेको बताइएको छ ।