४० करोड ४५ लाख रुपैयाँ कमाएको नेशनल लाइफ इन्सुरेन्सका सेयरधनीको आम्दानी कति बढ्यो?

२०८२ वैशाख २८ गते

४० करोड ४५ लाख रुपैयाँ कमाएको नेशनल लाइफ इन्सुरेन्सका सेयरधनीको आम्दानी कति बढ्यो?

काठमाडौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म  नेशनल लाइफ इन्सुरेन्सको नाफामा थोरै बृद्धि भएको छ । नेसनलले ४० करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको गत आवको तुलनामा  ५.१९ प्रतिशत बढी  हो । गत वर्ष  कम्पनीले ३८ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चैत मसान्तसम्म इन्सुरेन्सको प्रतिसेयर आम्दानी १०.४९ रुपैयाँ (वार्षिक) पुगेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ०.६ रुपैयाँले बढी हो । यस्तै  कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.४७ रुपैयाँ छ । हाल यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ रहेको छ कम्पनीको खुद बिमा शुल्क संकलन ११.४८ प्रतिशतले बढेर १४ अर्ब ७ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

Advertisement:

Ad
Ad

कम्पनीको सेयर पुँजी ५२ करोड १२ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा ४ प्रतिशतले बढी हो ।