२०८२ माघ ०५ गते
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म ३९ करोड ४५ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आर्थिक वर्षको तुलनामा २२.३४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा बैंकले ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड १५ लाख रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी बढेपछि बैंकको कुल सञ्चालन आम्दानी बढेर १ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ पुगेको हो । गत आवको यसै अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब २९ करोड १ लाख रुपैयाँ थियो ।
बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४३ पैसा पुगेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात २२.१७ गुणा पुग्दा प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७ पैसा पुगेको छ ।
प्रतिक्रिया